सवारी दुर्घटनामा ३ घाइते

<span class='c1'>सवारी दुर्घटनामा</span> <span class='c2'>३ घाइते</span>

सुनसरी, भाद्र ७ गते

सुनसरीको इटहरी उप महानगरपालिका-१३ मा बुधबार मोटरसाइकलको ठक्करबाट एक साइकलयात्री घाइते भएकी छिन्।
घाइते हुनेमा इटहरी-१३ बस्ने अन्दाजी ५० बर्षिया गिता राई रहेकी छिन्। उनलाई दुहबीबाट खनारतर्फ आउदै गरेको को ४ प ८३०४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक जिल्ला मोरङ बाँसबारी-६ बस्ने २६ बर्षिय अपिल लामा र पछाडी सवार इटहरी ९ बस्ने अन्दाजी २७ बर्षिय करण चौधरी घाइते भएका छन्।
घाइते तीनै जनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरेहको छ। यता सुनसरीकै गढी गाउँपालिका-५ मुसहरी टोलमा को १२ प ५६० नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँकी ३० बर्षिया दयादेवी यादव घाइते भएकी छिन्।
घाइते यादवको जिल्ला अस्पताल ईनरुवामा उपचार भईरहेको छ भने मोटरसाइकलका चालक फरार रहेकाले खोजी भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्