लागूऔषधसहित मानिस पक्राउ

<span class='c1'>लागूऔषधसहित मानिस</span> <span class='c2'>पक्राउ</span>

झापा, भाद्र ७ गते
झापाको मेची नगर नगरपालिका-६ मेचीपुलबाट प्रहरीले बुधबार लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको दार्जेलीङ कालिङपुङ बस्ने ३२ बर्षिय थुस्पेन लेप्चा र ३८ बर्षिय डेरोक लेप्चा रहेका छन्।
उनीहरुलाई लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा दिउँसो १२ बजे पक्राउ गरेको हो। प्रहरीले उनीहरुको साथबाट नाईट्रोसन ट्यावलेट १२४ र स्पास्मोप्रोसिभन ८४० ट्यावलेट बरामद गरेको छ।
पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भइरेहको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्