लागूऔषधसहित विराटनगर-२ बस्ने युवा पक्राउ

<span class='c1'>लागूऔषधसहित  विराटनगर-२</span> <span class='c2'>बस्ने युवा पक्राउ</span>

मोरङ भाद्र ११, मोरङको दुई स्थानबाट प्रहरीले शनिबार लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा विराटनगर-२ बस्ने २६ बर्षिय नगेन्द्र मण्डल र दुहबी नगरपलिका-५ बस्ने २१ बर्षिय अल्ताफ मिया रहाक छन्।

मण्डललाई इलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरीको टोलीले बुढीगंगा गाउँपालिका-१ गंगा चौकमा को १३ च १४९३ नम्बरको कारमा उतरतर्फ आउँदै गर्दा ५० पिस नाईट्रोसन र ५० ग्राम गाजाँसहित पक्राउ गरेको हो भने मियालाई विराटनगर-१५ स्थित भन्सार कार्यालयको २ नम्बर ढाट नजिकैबाट इलाका प्रहरी कर्यालय रानीबाट खटिएको प्रहरीको टोलीले लागूऔषध १४ चक्कीसहित पक्राउ गरेको हो।

पक्राउ परेका दुवैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ। यता इलाका प्रहरी निमुवाबाट खटिएको प्ररहीको टोलीले बुढीगंगा गाउपालिका ४ राहुल पेट्रोल पम्प नजिकै ना ५ ख १६९४ नम्बरको बसबाट स्थित १ सय ९० लिटर घरेलु मदिरा बरामद गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्