झापामा बाढीबाट एक हजारभन्दा बढी विद्यार्थीको पाठ्यसामग्री नष्ट

<span class='c1'>झापामा बाढीबाट एक हजारभन्दा</span> <span class='c2'>बढी विद्यार्थीको पाठ्यसामग्री नष्ट</span>

बनियानी। झापामा आएको बाढीका कारण एक हजारभन्दा बढी विद्यार्थीको पाठ्य सामग्री नष्ट भएको छ । नदी÷खोलामा बाढी विद्यालय र बस्ती पस्दा विद्यार्थीको पाठ्य पुस्तक नष्ट भएको जिल्ला शिक्षा कार्यालयका सहायक जिल्ला शिक्षा अधिकारी उद्धव विष्टले जानकारी दिए ।

बाढी प्रभावित क्षेत्रका विद्यालयबाट विद्यार्थीको नामसहितको विवरण आइरहेकाले पुस्तक व्यवस्थापन गर्ने तयारी भइरहेको छ । विद्यालयमा आश्रय लिएर बसेका अधिकांश बाढीपीडित फर्किसके पनि पाठ्य सामग्री नष्ट भएका कारण पठनपाठनमा समस्या भएको छ ।

यसैबीच जिशिकाले जिल्लाका ५६ विद्यालयको निरीक्षण गर्दा २५ विद्यालय बढी प्रभावित भएको पाइएको विष्टले जानकारी दिए ।

सबैभन्दा धेरै झापा गाउँपालिकाका १५ विद्यालयका करिब छ सय विद्यार्थी प्रभावित भएका छन् । झापा गाउँपालिकामा रहेको जुडो आधारभूत विद्यालयको डेस्क बेञ्चसहित पाठ्य सामग्री बगाएको उनले जानकारी दिए ।
त्यस्तै सरस्वती आधारभूत विद्यालय मेचीनगर, शान्ति आधारभूत विद्यालय दुवागढी, दिपिनी मावि दमक, गौरीशंकर मावि बाह्रदशीलगायत विद्यालयमा क्षति पुगेको जिशिकाले जनाएको छ । बाढीका कारण जिल्लाभरका विद्यालयमा रू ४० लाख बराबरको क्षति भएको कार्यालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्