डिलासैनी गाउँपालिका मदिरा निषेधित क्षेत्र घोषणा

<span class='c1'>डिलासैनी गाउँपालिका मदिरा</span> <span class='c2'>निषेधित क्षेत्र घोषणा</span>

बैतडी । डिलासैनी गाउँपालिकालाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ ।

मदिराले समाजमा विकृृति बढेको भन्दै महिला, बालबालिकालगायत विभिन्न सरोकारवालाले आवाज उठाएपछि गाउँपालिकालाई मदिरा निशेषेधित क्षेत्र घोषणा गरिएको स्थानीय सम्भु भट्टले जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष ओकेन्द्र्र बोहराको अध्यक्षतामा बसेको बैठकले गाउँपालिकाका सबै वडामा मदिरा बेचबिखन र सेवन गर्न नदिने निर्णय गरेको छ । गाउँपालिकाभित्र अनुमति पत्र लिएर सञ्चालनमा ल्याएका मदिरा पसलसमेत असोज महिनाभित्रमा बन्द गर्ने निर्णय गरेको छ ।

गाउँपालिकालाई मदिरा निशेधित क्षेत्र घोषणा गरिसकेपछि अब गाउँपालिका मदिरा बेचबिखन गर्न, सेवन गर्न र ओसारपसार गर्न पाइने छैन । मदिरा बेचबिखन, सेवन तथा ओसारपसार गरेको पाइएमा कारबाही गरिने अध्यक्ष बोहराले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्