पन्ध्र किलो अवैध सुनसहित सातजना पक्राउ

<span class='c1'>पन्ध्र किलो अवैध</span> <span class='c2'>सुनसहित सातजना पक्राउ</span>

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले अवैध १५ किलो सुन ओसारपसार कार्यमा संलग्न सात जनालाई पक्राउ गरेको छ ।

ब्यूरोबाट खटिएको टोलीले चीनको तिब्बतबाट रसुवाको केरुङ नाका र सिन्धुपाल्चोकको तातोपानी नाकाबाट काठमाडौँ ल्याएर सामाखुशीमा पेम्बा दोर्जे शेर्पाको कोठामा लुकाई राखेको अवस्थामा १४ किलो र धनुषाबाट भारत निकासीका लागि लैजाने क्रममा एक किलो सुन बरामद गरेको हो ।

सुन ओसारपसार गर्ने कार्यमा संलग्न भक्तपुर सूर्यविनायक नगरपालिकाका दिपेन्द्र थापा, राजेन्द्र खत्री, रवीन खत्री, काठमाडौँ महानगरपालिकाका सरोज थापा, काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिकाका विष्णु गौतम र धनुषा जनकपुर उपमहानगरपालिकाका दिपककुमार शाहलाई ब्यूरोको टोलीले बुधबार पक्राउ गरेको हो ।

ब्यूरोले आज गरेको पत्रकार सम्मेलनमा ब्यूरोका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक पुष्कर कार्कीले सिन्धुपाल्चोक घर भई सामाखुशी बस्दै आएका शेर्पाको कोठा खानतलासी गर्दा दराजमा रहेको कलेजी रंगको झोलाबाट १२ र दराजको घर्राबाट दुई किलो सुन बरामद गरेको जानकारी दिए ।

उनले ठूलो रकमको सुन नेपाल हुँदै भारत निकासी गरेर धेरै आम्दानी गर्ने उद्देश्यले अवैध ओसारपसार गरेको प्राप्त विशेष सूचनाका आधारमा शेर्पासहित सात जनालाई पक्राउ गरिएको बताए ।

महाशाखाका प्रमुख कार्कीले पक्राउ परेका व्यक्तिसँग २२ किलो सुन भए पनि अहिलेसम्म १५ किलोमात्र सुन फेला परेको र केही भारतमा बिक्री भइसकेको बताए । प्रहरीले उनीहरुको साथबाट बा १० च ४१९३ नं को कार, एक थान स्कुटर, ६०० अमेरिकी डलर र एक हजार १९९ चिनियाँ युयान बरामद गरेको छ ।

यसैगरी ब्यूरोले विभिन्न मानिसलाई फेसबुकमार्फत साथी बनाई आफू विदेशी भएको र ठूलो मात्रामा धनराशी आफूसँग भएको भनी उक्त रकम नेपालमा खर्च गर्न चाहन्छु भनी हिराको हार, आइफोनलगायतको सामान पठाउँछु यसका लागि पैसा तपाईंले तिनुपर्छ भनी ठगी गरेको आरोपमा सोलुखुम्बु घर भई बौद्ध बस्ने आङलेमी शेर्पालाई पक्राउ गरेको छ ।

यस्तै ब्यूरोको टोलीले संरक्षित वन्यजन्तु गौरीगाईको सिङ बिक्री गर्न लैजाँदै गरेको अवस्थामा बुधबार काठमाडौँ महानगरपालिका–३२ नरेफाँटबाट ओखलढुंगा घर भई हाल लिखु गाँउपालिका बस्ने सुवास सुवेदीलाई पक्राउ गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्