घरघरै पुगेर बिरामीको स्वास्थ्य परीक्षण

<span class='c1'>घरघरै पुगेर बिरामीको</span> <span class='c2'>स्वास्थ्य परीक्षण</span>

गोरखा । गोरखाको धार्चे गाउँपालिका–३ उहियाको खोर्लाका २०० घरधुरीमा रहेका मौसमी रुघाखोकी र ज्वरोका बिरामीको उपचार शुरु गरिएको छ ।

उहिया स्वास्थ्य चौकीका तीनजना स्वास्थ्यकर्मीले घरघरै पुगेर बिरामीको स्वास्थ्य परीक्षण गरी औषधि उपलब्ध गराउन थालेका हुन् ।

शनिबार २५० जना बिरामीको उपचार गरिएको जनस्वास्थ्य कार्यालयका महामारी शाखाका प्रमुख नानीबाबु दानीले जानकारी दिए । दानीले भने, “बिरामी स्वास्थ्य चौकी नआउने, बिरामी खोज्दै स्वास्थ्यकर्मी गाउँ–गाउँ, घर–घर पुग्नुपर्ने बाध्यता छ ।” धार्चे–३ का वडाध्यक्ष इन्द्रप्रसाद गुरुङले टहरोमा बस्दै आएका करिब २०० गाउँले रुघाखोकी, ज्वरोबाट बिरामी रहेको बताए ।
स्वास्थ्य चौकीमा पर्याप्त औषधि छैन । वडाध्यक्ष गुरुङका अनुसार स्वास्थ्य चौकी प्रमुखले सदरमुकामबाट औषधि ल्याएको भए पनि खच्चडबाट ढुवानी गर्नुपर्दा गाउँसम्म ल्याइपुर्याउन सकिएको छैन । उहियामा सडक पहुँच छैन । सामग्री ढुवानीका लागि मान्छे वा खच्चडको भर पर्नुपर्छ । खोर्लाबाट सात घण्टाको दूरीमा स्वास्थ्य चौकी रहेको छ ।
यसअघि बारपाकमा मौसमी रुघाखोकी, ज्वरो र निमोनियाका कारण ६०० भन्दा बढी बिरामी परेका थिए । अहिले बारपाकमा सिजनल फ्लुको महामारी नियन्त्रणमा आइसकेको चिकित्सकले बताएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्