झापामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मिनि म्याराथन

<span class='c1'>झापामा पर्यटन प्रवद्र्धन गर्ने</span> <span class='c2'>उद्देश्यले मिनि म्याराथन</span>

बनियानी (झापा),भदौ २१ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले झापाको शिवसताक्षीमा मिनि म्याराथनको आयोजना गरिने भएको छ । शिवसताक्षी नगरपालिकामा रहेको सताक्षीधाम, दोमुखा र चिल्लागढधामको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भदौ ३१ गते मिनि म्याराथन आयोजना गर्न लागिएको सतासीधाम जेसीजका अध्यक्ष विनोद खरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार म्याराथन कनकाई पुलदेखि सताक्षीधाम मन्दिर परिसरसम्म करिब ११ किलोमिटर लामो हुनेछ ।

म्याराथनमा प्रथम हुनेले रु १५ हजार, द्वितीयले रु १० हजार र तृतीय हुनेले नगद रु पाँच हजारसहित पदक र प्रमाणपत्र पाउने अध्यक्ष खरेलले बताउनुभयो । सताक्षीधाम जेसीजले आयोजना गरेको यो म्याराथनको तेस्रो संस्करण हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्