धरानबाट ६ जना जुवाडे पक्राउ परे

<span class='c1'>धरानबाट ६ जना</span> <span class='c2'>जुवाडे पक्राउ परे</span>

सुनसरी, भाद्र २१, सुनसरीको धरान उप-महानगरपालिका-१० बाट प्रहरीले ६ जना जुवाडे पक्राउ गरेको छ।

स्थानिय सरोज श्रेष्ठको घरमा भाडा लिई बसेका गोबिन्द उदासले आफ्नो कोठामा जुवा खेलाउदैछन भन्ने गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले मंगलबार विहान पक्राउ गरेको हो।

पक्राउ पर्नेमा जिल्ला भोजपुर फाली देउराली-१ घर भई हाल धरान-१० बस्ने बर्ष ५८ को गोबिन्द उदास,जिल्ला ताप्लेजुङ थिलाम्बु-३ घर भई हाल धरान-१३ बस्ने बर्ष ४० को मिन प्रसाद लिम्बु,जिल्ला खोटाङ हलेसी-७ घर भई हाल धरान-१३ बस्ने बर्ष-६० को बल बहादुर राई, जिल्ला खोटाङ हलेसी -७ घर भई हाल धरान-१७ बस्ने बर्ष ५० को भिम वहादुर राई, जिल्ला ताप्लेजुङ फाकुम्वा-९ घर भई हाल धरान-१९ बस्ने बर्ष ४९ कोडम्बर सुब्बा, र जिल्ला भोजपुर टक्सार -६ घर भई हाल धरान-९ बस्ने बर्ष ४३ को थुम नारायण श्रेष्ठ रहेका छन्।

प्रहरीले जुवाको खालबाट ४८ हजार ५ सय रुपैयाँ समेत बरामद गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्