जनकपुरमा एक करोड शिवलिङ्गको पूजा आयोजना गरिने

<span class='c1'>जनकपुरमा एक करोड शिवलिङ्गको</span> <span class='c2'>पूजा आयोजना गरिने</span>

काठमाडौँ । श्री मानस तथा बोलबम परिवारले जनकपुरमा एक करोड शिवलिङ्गको पूजा आयोजना गर्ने भएको छ ।आइतबार आयोजित पत्रकार सम्मेलनमा सो संस्थाका अध्यक्ष ललन ठाकुरले त्यस पूजामा नेपाल र भारतका भक्तजन आउने जानकारी दिए ।

यही कात्तिक २२ गते जनकपुरमा आयोजना हुने त्यस कार्यक्रममा ११ दिनको कठोर यात्रा गरी नेपालका १० हजार तथा भारतका आठ हजार भक्तजनको उपस्थिति रहने तथा पूजाका लागि ७०० पुजारीको व्यवस्था गरिएको उनले बताए ।भारतबाट नेपाल आएका पुरोहित अभयकान्त मिश्रले विश्वमा शान्ति खलबलिएको र हिंसाका घटना बढ्दै गएका बेला नेपालमा आयोजना हुने एक करोड शिवलिङ्ग पूजा महत्वपूर्ण रहेको बताए ।

सो संस्थाका अनुसार पूजामा भाग लिन आउने भारतका अतिथिलाई खाने, सुत्ने व्यवस्था मिलाइएको र सुरक्षाको व्यवस्था सरकारले गर्ने जनाइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्