युथ फर ब्लडद्वारा झापामा ‘एन्टि-सुसाइड मुभमेन्ट’

<span class='c1'>युथ फर ब्लडद्वारा</span> <span class='c2'>झापामा ‘एन्टि-सुसाइड मुभमेन्ट’</span>

युथ फर ब्लड झापाको संयोजन र सिंह देवी माविको सहयोगमा एकदिने 'एन्टि-सुसाइड मुभमेन्ट' अन्तर्गतको कार्यशाला सम्पन्न गरीएको छ। दमक नगरपालीकाका उपमेयर गीता अधिकारी र वडा नं. १० का वार्डअध्यक्ष बोधराज न्यौपानेको उपस्थितीमा सम्पन्न कार्यशालामा माध्यमिक तहका १२० विद्यार्थीमा युवा अवस्थामा आउने समस्या र समाधानका बारेमा छलफल गरीएको थियो। कार्यक्रममा सन्तोश दुलाल, गुञ्जन लुइटेल र भुपेन्द्र काफ्लेले धारणा राखेका थिए।

युथ फर ब्लड झापाले 'एन्टि-सुसाइड मुभमेन्ट' अन्तर्गत दमक नगर क्षेत्रमा सचेतना कार्यक्रम लगातार रुपमा संचालन गर्दैआएको छ। पछिल्लो समय झापा क्षेत्रमा बढ्दो आत्महत्याका घटना दर न्युनिकरण गर्ने उदेश्यले यस प्रकारको कार्यक्रम संचालन गरीएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्