डीआईजी नवराज सिलवाल नेकपा एमालेमा प्रवेश

<span class='c1'>डीआईजी नवराज सिलवाल नेकपा</span> <span class='c2'>एमालेमा  प्रवेश</span>

काठमाडौं । डीआईजी नवराज सिलवाल नेकपा एमाले प्रवेशको तयारी गरेका छन् ।

आज काठमाडौंमा विशेष कार्यक्रम गरी उनी नेकपा एमालेमा प्रवेश गर्न लागेको स्रोतले जानकारी दियो । नेपाल प्रहरीको महानिरीक्षकको दौडमा रहेका सिलवाललाई कासमु कीर्ते गरेको आरोप लागेको छ ।

आफू प्रहरी महानिरीक्षक हुन पाउनुपर्ने जिकीर गर्दै सर्वोच्चमा दिएको निवेदन पनि आफ्नो पक्षमा फैसला नभएपछि उनले डीआईजीबाट राजीनामा दिएका थिए ।
तर उनको राजीनामा अहिलेसम्म स्वीकृत नभएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

अहिले बिहान ११ बजेपछि काठमाडौंको एक पार्टी प्यालेसमा हुने कार्यक्रममा उनी एमालेमा प्रवेश गर्न लागेको स्रोतले जानकारी दियो । यसअघि उनले दशैंको टीका पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्