संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपाल संयुक्त रुपमा चुनाव लड्ने

<span class='c1'>संघीय समाजवादी फोरम  र राष्ट्रिय जनता</span> <span class='c2'>पार्टी नेपाल संयुक्त रुपमा चुनाव लड्ने</span>

काठमाडौं । आगामी मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा मधेशवादी दलहरु एक आपसमा सहकार्य गरेर जाने भएका छन् । संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच आशन्न निर्वाचनमा सहकार्य गरेर अघि बढ्ने सहमति भएको हो ।

दुबै पार्टीले संयुक्त भई साझा उम्मेदवारको रुपमा चुनावमा भाग लिने र उम्मेदवारी दिने समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र राजपाको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरद्वारा संयुक्त रुपमा जारी विज्ञप्तीमा जनाइएको छ । दुवै दलले आगामी निर्वाचनका लागि अन्य दलहरुसँग मोर्चा वा गठबन्धन तथा तालमेल गर्नु परे संयुक्त रुपमा छलफल गरेर निर्णय गर्नेपनि सहमति गरेका छन् ।

पिछडा वर्ग, अल्पसंख्यक समुदाय, विपन्न वर्ग लगायत बहिष्करण तथा वञ्चितिकरणमा पारिएका समुदायमाथिको विभेद, उपेक्षा, शोषण र उत्पीडन अन्यका लागि एक भएर निर्वाचनमा जाने शुत्रबार जारी विज्ञप्तीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्