१ लाख बढीको भन्सार छलेको सामान विराटनगरबाट बरामद

<span class='c1'>१ लाख बढीको भन्सार</span> <span class='c2'>छलेको सामान विराटनगरबाट बरामद</span>

मोरङ, असोज २३ गते।
इलाका प्रहरी कार्यालय रानीले आइतबार विभिन्न स्थान बाट भन्सार छलेको १ लाख बढीको सामान बरामद गरेको छ।
उक्त कार्यालयबाट खटिएको प्रहरीको टोलीले भारतको जोगवनीबाट भन्सार छलेर नेपालतर्फ ल्याउदै गरेको खाधान्न, सुपाडी तथा ५ थान साइकल समेत गरी अन्दाजी १ लाख ७१ हजार बराबरको सामान साँझ ६ बजे बरामद गरेको हो।
बरामद सामान सहित प्रहरीले विराटनगर-१७ बस्ने एक महिलालाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरेहको छ। यता जिल्ला प्रहरी कार्यालय मोरङबाट सादा पोसाकमा खटिएको प्रहरीको टोलीले विहान १;३० बजे मोरङको धनपालथान गाउँपालिका-३ बाट अन्दाजी ३५ सय मुल्य बराबरको विभिन्न जातको पटका बरामद गरेको छ।
बरामद पटका जिल्ला प्रहरी कार्यालय मोरङमा राखी थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्