झापामा पाँच लाख ८५ हजार २२८ मतदाता

<span class='c1'>झापामा पाँच लाख ८५</span> <span class='c2'>हजार २२८ मतदाता</span>

भद्रपुर, असोज २५ गते । आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि झापामा कुल पाँच लाख ८५ हजार २२८ मतदाता रहेका छन् ।

तीमध्ये महिला दुई लाख ९६ हजार ३६२, पुरुष दुई लाख ८८ हजार ८५७ र तेस्रो लिङ्गी नौ जना रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

पछिल्लो निर्वाचन क्षेत्र निर्धारणअनुसार पाँचवटा निर्वाचन क्षेत्र कायम भएको यस जिल्लामा निर्वाचन क्षेत्र नं १ मा कुल एक लाख पाँच हजार ४७५ मतदाता रहेका छन् । तीमध्ये महिला ५२ हजार ८४६ छन् ।

त्यस्तै निर्वाचन क्षेत्र नं २ मा ६० हजार १४५ महिला र पाँचजना तेस्रो लिङ्गी गरी कुल एक लाख १८ हजार २०४, निर्वाचन क्षेत्र नं ३ मा महिला ५७ हजार ५७० सहित एक लाख १४ हजार ५८६, निर्वाचन क्षेत्र नं.४ मा महिला ५५ हजरा २०७ र तेस्रो लिङ्गी एकजना गरी कुल एक लाख नौ हजार ४०१ तथा निर्वाचन क्षेत्र नं ५ मा महिला ७० हजार ५८४ र तेस्रो लिङ्गी तीन जना गरी कुल एक लाख ३७ हजार ५६५ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्यले जानकारी दिनुभयो ।

यसैगरी, निर्वाचनलाई स्वच्छ, शान्ति र एवं धाँधलीरहित सम्पन्न गर्न पाँचवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत तोकिएकोे उहाँले बताउनुभयो । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्