डेंगू रोगकोे संक्रमणबाट झापामा एक जनाको मृत्यु

<span class='c1'>डेंगू रोगकोे संक्रमणबाट झापामा</span> <span class='c2'>एक जनाको मृत्यु</span>

डेंगू रोगकोे संक्रमणबाट झापामा एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा बिर्तामोड नगरपालिका–४ बिर्ताबजारका ४० बर्षीय उमेश साह रहेको बिर्ता हेल्थ क्लिनिकका सञ्चालक ब्रजेशकुमार मेहताले जानकारी दिनुभयो ।

केही दिनदेखि ज्वरो आउने, जोर्नी दुख्ने लगायतका समस्याका कारण उनी स्वास्थ्य उपचारका लागि बिर्ता हेल्थ क्लिनिकमा आएका थिए । क्लिनिकमा उपचार सम्भव नभएपछि थप उपचारका लागि वी एण्ड सी अस्पतालमा पठाएको र अस्पताल लैजाँदै गर्दा उनको बाटैमै मृत्यु भएको मेहेताले बताउनुभयो ।

गत असोज ६ गते बिर्तामोड नगरपालिकामा देखा परेको डेंगू रोगको संक्रमण अहिले दमक, कनकाई, अर्जुनधारा, काँकरभिट्टा नगरपालिका र वुद्धशान्ति गाउँपालिकामा देखापरेको छ । हालसम्म झापामा एक सय २० जनामा यो रोगको संक्रमण देखा परेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्