मिथिलाञ्चलमा आजदेखि विधिवत रुपमा छठपर्व सुरु

<span class='c1'>मिथिलाञ्चलमा आजदेखि विधिवत</span> <span class='c2'>रुपमा छठपर्व सुरु</span>

महोत्तरी, कात्तिक ६ – मिथिलाञ्चलको महानपर्व छठ आइतबारदेखि विधिवत रुपमा सुरु भएको छ । निष्ठापूर्वक मनाइने छठपर्वको आइतबार पहिलो दिन व्रतालुहरु निरामिष भोजन अर्थात अरवा अरवाईन भोजन ग्रहण गरी छठपवको शुभारम्भ गर्दैछन । त्यस्तै भोली नहाय खाय अर्थात स्नान गरी शुद्ध भएर भोजन गर्नेछन भने मंगलवारको साँझमा घरघरमा खिर चढाएर खरना मनाइँदैछ ।

त्यस्तै बिहीबारको साँझमा व्रतालुले विभिन्न किमिसको फलफूल, मिठाई, ठकुवा, भुसवालगायतका पूजा सामग्रीसहित नजिकै रहेको जलाशयमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर छठ अन्र्तगतको सझिया पर्व मनाउने चलन रहेको छ । शुक्रवार पुनः एकाबिहानै उदाउँदो सुर्यलाई बिहानीपखको अघ्र्य दिएर छठ पर्वको समापन गर्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्