प्रतिनिधि सभाको मोरङ ६ मा पुर्व मन्त्री लालबाबु पन्डित

<span class='c1'>प्रतिनिधि सभाको मोरङ ६ मा</span> <span class='c2'>पुर्व मन्त्री लालबाबु पन्डित</span>

विराटनगर कार्तिक ९, पुर्व सामान्य प्रशासन मन्त्री लालबाबु पन्डित प्रतिनिधि सभा अन्तर्गत मोरङको निर्वाचन क्षेत्र नं ६ बाट उठ्ने लगभग पक्का भएको छ । प्रदेश सभाको लागि उठेर प्रदेश १ को मुख्यमन्त्रीको रुपमा चर्चा चलेपनि उनी प्रतिनिधिसभाको लागि ६ नम्बर क्षेत्र मोरङबाट उठ्ने सर्वसम्मत निर्णय भएको र घोषणा केहिदिन मै हुने उनले आवर विराटनगर डट नेटलाई बताए । उनी उठ्न लागेको क्षेत्रमा नेपाली कांग्रेसले डा। शेखर कोइरालालाई उठाउने तयारी गरेको छ । सामान्य प्रशासन मन्त्री हुदा गरेका काम र दिएका अभिव्यक्तिहरुबाट देश विदेशमा चर्चा कमाउन सफल पुर्व मन्त्री पन्डित आफ्नो जित हुनेमा सुनिस्चित रहेको बताउँछन् ।" देश र जनताको लागि काम गरेको मान्छेलाई जनताले बिर्सने छैनन्" पन्डित थप्छन् । डा. शेखर कोइराला र लालबाबु पन्डित बिचको यो प्रतिस्पर्धा निकै रोचक हुने अनुमान गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्