मोरंगमा वाम गठबन्धनको संयुक्तरूपमा प्रचारप्रसार समिति गठन , बिनोद ढकाल अध्यक्ष

<span class='c1'>मोरंगमा वाम गठबन्धनको संयुक्तरूपमा प्रचारप्रसार समिति</span> <span class='c2'>गठन , बिनोद ढकाल अध्यक्ष</span>

विराटनगर, रासस । वाम गठबन्धनले संघ र प्रदेशको निर्वाचनमा संयुक्त भएर प्रचारप्रसार गर्ने निर्णय गरेका छन् । मा सहभागी एमाले र माओवादी केन्द्र मोरङको संयुक्त निर्वाचन परिचालन समिति बैठकले निर्णय गरेको हो ।वाम गठबन्धनले नेकपा एमालेका जिल्ला अध्यक्ष विनोद ढकालको नेतृत्वमा ११ सदस्यीय संयुक्त निर्वाचन परिचालन समिति निर्माण गरेको छ । समितिमा माओवादीका जिल्ला इन्चार्ज कुशल लिम्बू, संयोजक गोपी अछामी, सहसंयोजक गणेश उप्रेतीसहित एमालेका नरेश पोखरेल, बाबुराम कार्की, रामलाल शाहलगायत छन् ।
निर्वाचन परिचालन समितिको बैठकले संयुक्त उक्त समितिको कार्यालयलाई एमाले जिल्ला पार्टी कार्यालय विराटनगरस्थित पाञ्चालीमा स्थापना गरेको छ ।

उक्त समितिले सबै निर्वाचन क्षेत्रदेखि वडा तहसम्म संयुक्त स्वयंसेवक, प्रचार, अनुगमन र सांस्कृतिक समिति निर्माण गर्नेसमेत निर्णय गरेको छ । वाम गठबन्धनले मोरङमा यही कात्तिक १६ हुने उम्मेदवार मनोनयन कार्यक्रमलाई पनि भव्य बनाउने निर्णय समेत गरेको छ । मोरङ जिल्लामा संघीय संसद्मा ६ र प्रदेशमा १२ सिट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्