भिट्ठामोड–जलेश्वर–जनकपुर सडकखण्डमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु

<span class='c1'>भिट्ठामोड–जलेश्वर–जनकपुर सडकखण्डमा मोटरसाइकल दुर्घटनामा</span> <span class='c2'>परी एक युवकको मृत्यु</span>

गौशाला (रासस) । महोत्तरी जिल्लाको भिट्ठामोड–जलेश्वर–जनकपुर सडकखण्डमा गएराति मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नम्बर २१ कुर्था गाउँबस्ने रामशरण महासेठका छोरा २५ वर्षीय जितेन्द्र महासेठ रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कठायतले बताए ।

गएराति साढे सात बजेतिर ज५प ३२२० नम्बरको मोटरसाइकलमा चढी भिट्ठामोडबाट जलेश्वरतिर आउँदै गरेको युवक महासेठको मोटरसाइकल चलेश्वर–२ स्थित कलभर्टको खाल्डोमा दुर्घटना भएको थियो ।

मोटरसाइकल दुर्घनामा परेर युवक महासेठ गम्भीर घाइते भएपछि प्रहरीले उनलाई स्थानीयबासिन्दाको सहयोगमा उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याएकोमा उनको उपचारका क्रममा जिल्ला अस्पताल जलेश्वरमै मृत्यु भएको प्रहरी उपरीक्षक कठायतले बताए ।
दुर्घटनाग्रस्त मोटरसाइकल जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्