छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु

<span class='c1'>छुट्टाछुट्टै सवारी दुर्घटनामा</span> <span class='c2'>११ जनाको मृत्यु</span>

काठमाडौं । उदयपुर र गुल्मीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना यात्रु वेपत्ता भएको प्रहरी कार्यालयले जानकारी दिएको छ ।

उदयपुरको कटारीबाट ओखलढुंगा जाँदै गरेको ना१ज ३४०४ नंको सुमो जिप सोमबार दिउँसो २ बजे कटारी नगरपालिका–११ मा दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिप कटारी–११ को खाँडी भन्ने ठाउँमा सडकबाट ४०० मिटर तल खसेर भएको सो दुर्घटनामा जिपमा रहेका अन्य ६ जना अझै नभेटिएको इलाका प्रहरी कार्यालयका प्रमुख महेन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

ad
उता, बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको माइक्रो बस गुल्मीको वीरवासमा दुर्घटना हुँदा सातजनाको मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ ।
बिहान तम्घासका लागि छुटेको बा४ख ५५०१ नंको माइक्रो गुल्मी दरबार गाउँपालिका वडा नं ४ मा दुर्घटना भएको हो ।

दुर्घटनामा सात जनाको मृत्यु भएको र छजना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले बताए । बुटवलबाट १३ जना यात्रु लिएर उक्त माइक्रोबस तम्घास गएको थियो ।

दुर्घटनामा मृत्यु हुनेहको सनाखत हुन नसकेको र प्रहरी र स्थानीयवासी उद्धार कार्यमा जुटिरहेको प्रमुख जिल्ला अधिकारी गोपाल आर्यालले जानकारी दिए ।
घाइतेको अवस्था हेरेर प्रहरीलाई पाल्पा पठाउन भनिएको उनले बताए । दुर्घटनाको कारण खुल्न सकेको छैन । गाडीमा चालकसहित १५ जना रहेकामा अन्य दुईजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्