मतदाता शिक्षालाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्वाचन आयुक्तलाई आग्रह

<span class='c1'>मतदाता शिक्षालाई प्रभावकारी बनाउन</span> <span class='c2'>प्रधानमन्त्रीको निर्वाचन आयुक्तलाई आग्रह</span>

प्रधानमन्त्री शेरबहादुर देउवाले दुई चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बढीभन्दा बढी सहभागिता हुनेगरी मतदाता शिक्षालाई प्रभावकारी बनाउन निर्वाचन आयुक्तलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवासमा शुक्रबार भएको निर्वाचन आयुक्तसँगको भेटमा प्रधानमन्त्रीले मताधिकार लोकतन्त्रमा सबैभन्दा महत्वपूर्ण विषय भएकाले अधिकतम मत खस्ने र न्यून बदर हुनेगरी व्यवस्थापन गर्न आग्रह गरे ।  “मतदातालाई आफ्नो मताधिकार स्वतन्त्र रुपमा प्रयोग गर्नेगरी वातावरण गर्नुहोस्”, प्रधानमन्त्रीले भने, “मतदाता भ्रममा नपर्ने गरी मतदाता शिक्षा प्रभावकारी बनाउँदै मत बदरलाई न्यून बनाउनेगरी व्यवस्थापन गर्नुहोस् ।” प्रधानमन्त्रीले निर्वाचनका लागि सरकारका तर्फबाट आवश्यक सबै सहयोग २४सै घण्टा उपलब्ध गराउन आफू तयार रहेको बताए ।

सो अवसरमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनमा प्रधानमन्त्रीको शुरुदेखिको प्रतिबद्धताकै कारण तोकिएको समयमा सम्पन्न हुने भएको जनाउँदै धन्यवाद दिए । “प्रधानमन्त्रीज्यूकै प्रतिबद्धताका कारण स्थानीय चुनाव सम्पन्न भयो र प्रदेश र प्रतिनिधिसभाको चुनाव सम्पन्न हुने भएको हो”, डा यादवले भन्नुभयो, “म निर्वाचन आयोगका तर्फबाट विशेष धन्यवाद दिन चाहन्छु ।” रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्