भोजपुरबाट प्रदेशसभा सदस्यको उम्मेदवारी दिएका गोविन्दवहादुर कार्कीको घर विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले कब्जा गरेको छ । उम्मेदवारी फिर्ता नगरेको नेकपाले घर कब्जा गरेको हो ।
नेकपाले एक विज्ञप्ती जारी गर्दै पटक पटक उम्मेदवारी तिर्फा गर्न अनुरोध गर्दा समेत नमानेकाले कार्कीकोे घर कब्जा गरेको जनाएको छ । भोजपुरबाट प्रदेशसभा सदस्यका उम्मेदवार कार्कीको घर भोजपुर नगरपालिका–१२ टक्सारमा पर्छ ।
कार्कीले प्रदेशसभा चुनावमा कांग्रेसकोतर्फबाट भोजपुर (ख) बाट प्रत्यक्षमा उमेदवारी दिनुभएको छ । यस विषयमा जानकारी लिदा उम्मेदवार कार्कीले आफलाई जानकारी नआएको बताउनुभयो ।
जिल्लामा रहेका अन्य उम्मेदवारको घर समेत कब्जा गर्ने योजना रहेको माओवादीका जिल्ला सेक्रेटरी मादेन किरातीले बताउनुभयो । यता जिल्ला प्रहरी कार्यालयले भने घर कव्जा नभएको जनाएको छ ।