नेपाल–भारत कुस्ती प्रतियोगिताको उपाधि भारतले जित्यो

<span class='c1'>नेपाल–भारत कुस्ती प्रतियोगिताको</span> <span class='c2'>उपाधि भारतले जित्यो</span>

नवलपरासी, रासस । नवलपरासीमा जारी नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधि भारतका कुस्तीबाजले संयुक्तरुपमा जितेका छन् ।

जिल्लाको सुस्ता गाउँपालिका वडा नं। ५ पक्लिहवाको ठाढीघाट मेलामा शनिबार सम्पन्न प्रतियोगितामा खेलको उपाधि भारतको गाजियाबादका ओमप्रकाश पहलवान र भारत महराजगन्ज शैलेस पहलवानले संयुक्त रुपमा जितेका हुन् ।

खेलमा प्रथम हुने विजेताले क्रमश ६ हजार नगदसहित एक थान टीभी सेट र प्रमाणपत्र प्राप्त गरेका छन् । यसैगरी खेलमा द्वितीय हुनेलाई ४ हजार, एक थान टीभी तथा तृतीय हुनेलाई २ हजारसहित एक थान साइकल प्रदान गरिएको थियो ।

विजेता कुस्तीबाजहरुलाई निवर्तमान् सांसद देवकरणप्रसाद कलवारले पुरस्कार प्रदान गरेका थिए ।  प्रतियोगितामा कुल ४२ जोडीले प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्