‘मधेशको भूमिमा मधेशीलाई जिताउन आग्रह’

<span class='c1'>‘मधेशको भूमिमा मधेशीलाई</span> <span class='c2'>जिताउन आग्रह’</span>

गौशाला, कात्तिक १९ गते । राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले ‘जन्मभूमिले बोलाएपछि’ यस पालि महोत्तरी जिल्लामा चुनाव लड्न आएको बताउनुभएको छ ।

आउँदो मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा महोत्तरी जिल्लाको क्षेत्र नं ३ बाट प्रतिनिधिसभाको निर्वाचनका उम्मेदवार ठाकुरले सदरमुकाम जलेश्वरमा आज पत्रकार सम्मेलन गर्दै मतदाताको विशेष आग्रहमा आफू महोत्तरीबाट चुनाव लड्न आएको बताउनुभयो ।

जिल्लाको साविक एकरहिया गाविस र हाल पिपरा गाउँपालिका जन्मभूमि रहेका नेता ठाकुरले भन्नुभयो, “जन्मभूमिको आकर्षणले मलाई यसपालिको चुनावमा महोत्तरीबाट लड्न उत्प्रेरित ग¥यो”, उहाँले भन्नुभयो ।उहाँले चुनावमा सम्पूर्ण मधेशको भूमिमा केवल मधेशीलाई जिताउन सबै मतलाई आग्रह गर्नुभयो । उहाँले मधेशलाई अधिकारसम्पन्न, विभेदबाट मुक्ति, न्यायोचित सम्मान र चौतर्फी विकासका लागि चुनावमा मधेशको सम्पूर्ण निर्वाचन क्षेत्रमा मधेशी नेतालाई जिताएर मधेशलाई मधेशीमय बनाउन आग्रह गर्नुभयो । उहाँले मतदातालाई प्रदेश नं २ मा मधेशी सरकार बनाएर आफ्नो विशेष पहिचान कायम गर्न पनि आग्रह गर्नुभयो ।

बाढी, चुरे दोहन, कृषि समस्या चुनौतीका रुपमा 
नेकपा(माओवादी केन्द्र)का नेता गिरिराजमणि पोखरेलले महोत्तरीमा नदी, बाढी, चुरे दोहन, कृषि जस्ता समस्या चुनौतीका रुपमा रहेको र ती समस्या पूरा गर्ने उद्देश्यले आफूले उम्मेदवारी दिएको बताउनुभएको छ ।
प्रतिनिधिसभा निर्वाचनका लागि वाम गठबन्धनका संयुक्त उम्मेदवारका रुपमा महोत्तरी जिल्लाको क्षेत्र नं १ बाट उम्मेदवारी दिनुभएका विनाविभागीयमन्त्री पोखरेलले आफ्नो उम्मेदवारी संविधानले प्रदान गरेको संघ, प्रदेश र स्थानिय तहबाट प्राप्त हुने शनिबार पत्रकारसँग कुरा गर्दै नेता पोखरेलले देशमा व्याप्त विभेद, असमानता अन्त्य गर्दै देशलाई चौतर्फी विकास गर्न गराउन आफ्नो उम्मेदवारी आएको स्पष्ट गर्नुभयो ।

तीन लाख मतदाता 
दोस्रो चरणको निर्वाचनका लागि महोत्तरी जिल्लामा तीन लाख सात हजार ६०२ मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन अधिकारी पिंकी रायका अनुसार स्थानीय तहको निर्वाचनपछि जिल्लामा नौ हजार २८८ मतदाता थपिएका छन् । त्यसैगरी ११ मतदान केन्द्र थपिएर जिल्लाका २५८ मतदानस्थलमा ४२६ मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्