झापाको गौरादहमा आगलागीबाट ४ लाखको बराबरको क्षति 

<span class='c1'>झापाको गौरादहमा आगलागीबाट ४</span> <span class='c2'>लाखको बराबरको क्षति </span>

झापा, मंसिर ०५ गते।झापाको गौरादह नगरपालिका ५ स्थित रातपानी चौकमा सोमबार राती एक घरमा आगलागी भएको हुँदा अन्दाजी ४ लाख ४१ हजार मुल्य बराबरको क्षति भएको छ।

सोमबार राती पौने १० बजे भएको आगलागीबाट सोही नगरपालिका बस्ने बम बहादुर प्रसाईको टाटीको बेरा, टिनको छानो घरमा भीम बहादुर बिष्ट बस्दै आएकोमा बिद्युत लाईन सर्ट अचानक आगलागी भएको थियो।

आगलागीबाट बिष्टको १ तोला चाँदी, नगद १० हजार २ वटा चौपाया घर तथा घर भित्र रहेका सम्पूर्ण सर-सामान जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको पिडीतले बताए।

आगलागी प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा राती सवा १० बजे नियन्त्रणमा आएको प्रहरी चौकी महारानीझोडाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्