निर्वाचन आयोगको एमालेलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

<span class='c1'>निर्वाचन आयोगको एमालेलाई २४ घण्टाभित्र</span> <span class='c2'>स्पष्टीकरण पेश गर्न निर्देशन</span>

काठमाडौँ ,  निर्वाचन आयोगले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको तस्वीरसहित ‘पार्टीको निर्वाचन चिह्नमा मतदान गरौँ’ भनी विज्ञापन प्रकाशित गरेको विषयमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न एमालेलाई निर्देशन दिएको छ ।  आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आचारसंहिता विपरित ‘कान्तिपुर’, ‘अन्नपूर्ण पोष्ट’, ‘नयाँ पत्रिका’, ‘नागरिक’ र ‘राजधानी’ दैनिकलगायत पत्रिकामा विज्ञापन छपाएको जनाउँदै आयोगले एमालेलाई स्पष्टीकरण सोधेको आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो ।

एमालेलाई सोधिएको स्पष्टीकरणमा भनिएको छ, “पार्टी अध्यक्ष केपी शर्मा ओलीको तस्वीरसहित पार्टीको निर्वाचन चिन्हमा मतदान गरौँ भनी विज्ञापन प्रकाशित भएको विषयमा आयोगको ध्यानाकर्षण भएको छ । उक्त कार्य निर्वाचन आचारसंहिता विपरित भएको देखिँदा यहाँलाई कारबाही हुनु पर्ने हो, होइन ? पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्नुहुन अनुरोध छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्