महिलामाथि भएका हिंसाका घटनामध्ये झण्डै ७० प्रतिशत घरेलु हिंसा

<span class='c1'>महिलामाथि भएका हिंसाका घटनामध्ये झण्डै</span> <span class='c2'>७० प्रतिशत घरेलु हिंसा</span>

काठमाडौँ, मङ्सिर १३ गते ।  एक वर्षमा महिलामाथि भएका हिंसाका घटनामध्ये झण्डै ७० प्रतिशत घरेलु हिंसा रहेको तथ्य सार्वजनिक भएको छ ।  महिला पुनस्र्थापना केन्द्र (ओरेक) नेपालले सन् २०१६ जुलाईदेखि सन् २०१७ जुनसम्म देशभरबाट महिलामाथि हुने हिंसाका घटनाको अभिलेख राखी निकालेको वर्ष पुस्तक ‘अन्वेषी’मा यस्तो तथ्य उल्लेख गरिएको छ ।
अध्ययनअनुसार त्यस अवधिमा महिलामाथि एक हजार १५० हिंसाका घटना भएका छन् ।
पुस्तकमा महिलामाथि भएका हिंसाका घटनामध्ये झण्डै ७० प्रतिशत महिलामाथि घरेलु हिंसाका घटना भएको उल्लेख छ ।  यसैगरी १७ प्रतिशत महिला सामाजिक हिंसा, छ प्रतिशत महिला बलात्कृत, एक प्रतिशत महिलामाथि बलात्कारको प्रयास, चार प्रतिशत महिलामाथि यौनिक हिंसा भएको उल्लेख छ ।  ओरेकले सन् २००८ देखि नै देशभरबाट महिलामाथि हुने हिंसाका घटनाको अभिलेखीकरण गरी महिला हिंसाविरुद्धको वर्ष पुस्तक प्रकाशन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्