भ्रष्टाचारको आरोपमा पक्राउ परेका साउदी अरबका प्रिन्स मितब बिन अब्दुल्ला हिरासतमुक्त भएका छन् । साउदी सरकारले उनलाई तीन साता लामो हिरासतपछि मुक्त गरेको बीबीसीले जनाएको छ ।
राज सिंहासनको दावेदारका रूपमा हेरिएका प्रिन्स मितबलाई एक बिलियन डलरभन्दा बढी रकम सरकारलाई बुझाउने शर्तमा हिरासत मुक्त गरिएको बीबीसीले जनाएको छ । मितबलाई नोभेम्बर ४ मा भ्रष्टाचार विरोधी छापाका क्रममा हिरासतमा लिइएको थियो ।
उनीसँगै पक्राउ परेका अन्य तीन जना पनि साउदी सरकारका साथ सम्झौताका लागि सहमत भएको बताइएको छ । साउदी अरब नेशनल गार्ड्सका प्रमुख रहिसकेका प्रिन्स मितब क्राउन प्रिन्स मोहम्मद बिन सलमानका काका पट्टीका भाई हुन् ।
उनी भ्रष्टाचार विरोधी कारवाहीमा गिरफÞ्तार गरिएकाहरु मध्ये राजनीतिक रूपमा सबैभन्दा प्रभावशाली शाही व्यक्ति हुन् । ६४ वर्षिय मितब पूर्व राजा अब्दुल्लाहका एक्ला छोरा हुन् । मितलबलाई गिरफ्तार गर्नु अघि पदबाट बर्खास्त गरिएको थियो ।