कांग्रेसलाई मतदान नगरेको भन्दै स्थानीयलाई कुटपिट

<span class='c1'>कांग्रेसलाई मतदान नगरेको</span> <span class='c2'>भन्दै स्थानीयलाई कुटपिट</span>

सिन्धुपाल्चोक । मंसिर १० गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसलाई मतदान नगरेको भन्दै केही कांग्रेस स्थानीय नेता कार्यकर्ताले स्थानीयलाई कुटपिट गरेका छन् ।

मंगलबार इन्द्रवती गाउँपालिका–१ बसेरीमा कांग्रेसका स्थानीय नेता श्री लामा नेतृत्वको समूहले स्थानीय नाबुल साइला लामामाथि खुकुरी प्रहार गरेका छन् । निर्वाचनमा कांग्रेसलाई भोट नहालेको भन्दै श्री लामाले साइला लामामाथि खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट साइला लामा गम्भीर घाइते भएका छन् ।

श्री लामाले साइला लामासँगै अरु थुप्रै स्थानीयमाथि कुटपिट गरेको स्थानीयले बताएका छन् । श्री लामा इन्द्रवती १ मा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् । उनी विगतदेखिक नै विवादित छबीका हुन् । उनीमाथि विभिन्न अपराधनमा संलग्न भएको आरोप लाग्दै आएको छ ।

सिन्धुपाल्चोककै थुम्पाखरमा पनि कांग्रेस कार्यकर्ताले रुख चिह्नमा भोट नहालेको भन्दै स्थानीयमाथि खुकुरी प्रहार गरेका थिए । कांग्रेस कार्यकर्ताले थुम्पाखरमा कांग्रेसलाई सहयोग नगरेको भन्दै स्थानीयको घरमा समेत तोडफेड गरेका थिए ।(न्युज २४)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्