इलाममा आगलागी, १ करोड बराबरको क्षति

<span class='c1'>इलाममा आगलागी, १</span> <span class='c2'>करोड बराबरको क्षति</span>

इलाम, मंसिर १४ गते। इलामको सुर्योदय नगरपालिका -६ स्थित तारागाँउमा बुधबार बिहान छुर्पी र नौनी घ्यू बनाउने पाथिभरा फ्याक्ट्रीमा आगलागी भएको छ।

बिहान साढे ६ बजे तिर बिजुलीको तार सर्ट भई आगलागी हुँदा टिनको छानो र पक्की गाह्रो भएको उक्त फ्याक्ट्रीमा आगलागी भएको इलाका प्ररी कार्यालय पशुपतीनगरले जनाएको छ।

आगलागीबाट उक्त फ्याक्ट्री लगायत सम्पूर्ण सर-सामान जलेर नष्ट हुँदा अन्दाजी १ करोड मुल्य बराबरको क्षति भएको पिडीतले बताए। आगलागी इलाका प्रहरी कार्यालय पशुपतीनगर, प्रहरी चौकी हर्कटे दमकल र स्थानीय मानिसहरुको सहयोगमा नियन्त्रणमा आएको इलाम प्रहरीले जनाएको छ।

त्यसैगरी सोलुको खुम्बुपासाङल्हामु गाउँपालिका ४ स्थित क्यामजोमा आगलागी भएको छ।

साँझ साढे ६ बजे तिर स्थानीय आईटासी शेर्पाको ढुंगा माटोले बनेको टिनको छानो भएको ३ तले घरमा आगो ताप्ने चिम्नीबाट अचानक आगलागी भएको थियो। आगलागीबाट शेर्पाको घर, नगद, सुनचाँदी लगायत सम्पूर्ण सर-सामान जलेर नष्ट भएको छ।

आगलागीबाट क्षतिको बिवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय नाम्चेले जनाएको छ। आगलागी प्रहरी, नेपाल आर्मी र स्थानीय मानिसको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्