एभेरेष्ट प्रिमियर लिगको खेल तालिका सार्वजनिक

एभेरेष्ट प्रिमियर लिगको खेल तालिका सार्वजनिक

काठमाडौं । एभेरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । इीपिएलले आज (बिहीबार) पुष ३ गतेदेखि हुने बहुचर्चित लिगको खेल तालिका सार्वजनिक गरेको हो ।
लिगमा ६ वटा क्लबले प्रतिस्पर्धा गर्दैछ । लिगमा काठमाडौं किंस इलाभेन, ललितपुर पेट्रिएटस, चितवन टाइगर, विराटनगर वारिवर्स, पोखरा राइनोज र भैरहवा ग्लाडिएटर्स रहेका छन् ।
उद्घाटन खेलमा काठमाडौं किंग्स इलाभेनले ललितपुर पेट्रिएटससँग प्रतिस्पर्धा गर्ने भएको छ । पहिलो दिनमा १ खेल मात्रै हुनेछ भने अरु दिनमा २ वटा खेल हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगिता पुष १५ गते सकिनेछ । प्रतियोगिताको सबै खेल टियु क्रिकेट मैदनमा हुनेछ ।

इपीएल क्रिकेट राउन्ड रोविन लिगका आधारमा संचालन हुने छ । शीर्ष चार टोली प्लेअफमा पुग्ने छन् । पहिलो प्लेअफमा विजेता हुने टिम फाइनल प्रवेश गर्नेछ । पराजित हुनेले फाइनल प्रवेशका लागि तेस्रो र चौथो टिमबीचको विजेतासँग एलिमिनेटर खेल खेल्नेछ  । इपिएलको विजेताले २१ लाख प्राप्त गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्