भारतसँगको सीमामा थप निगरानी राख्न सेनाले बढायो गस्ति

<span class='c1'>भारतसँगको सीमामा थप निगरानी</span> <span class='c2'>राख्न सेनाले बढायो गस्ति</span>

उम्मेदवार र चुनावी सभालाई लक्ष्य गरी बम विस्फोटका घटनामा वृद्धि भएपछि सेनाले गस्ती बढाएको छ। मंसिर २१ गते हुने निर्वाचनका क्रममा आपराधिक समूहले बम विस्फोट गराउन सक्ने सम्भावित स्थानहरूमा सेनाले निगरानी बढाएको हो।

निर्वाचन सुरक्षामा सेनाले गस्ती बढाएसँगै धरान, इटहरी, दुहबी, इनरुवा, हरिनगरा, कप्तानगन्ज, देवानगन्ज, बर्जु, महेन्द्रनगरलगायत स्थानमा सेनाको अस्थायी गुल्म स्थापना गरिएको छ। सेनाले भारतसँगको सीमावर्ती भन्टाबारी, कप्तानगन्ज, देवानगन्ज, अमडुवा, लौकही नाकालगायत आसपासका क्षेत्रमा पनि निगरानी बढाएको छ।

निर्वाचन नजिकिँदै गर्दा स्थानीय प्रशासनले विराटनगर विमानस्थलको सुरक्षा व्यवस्था कडा पारेको छ। प्रहरीले सुरक्षा दिँदै आएको विमानस्थलभित्रको यात्रुु कक्षमा सेना खटिएका छन्। अहिले विमानस्थलको मुख्य पोस्टमा सेना र प्रहरीले संयुक्त रूपमा सुरक्षा दिएका छन्।सेनाले बाहिरी मुख्य सुरक्षा कमान्ड सम्हालेको छ भने प्रहरीले सेनालाई सघाएको छ। विमानस्थल प्रशासनले अब केही दिन विमानस्थलको मुख्य सुरक्षा नेतृत्व सेनाले लिने जनाएको छ।

जिल्ला प्रवेश गर्ने अनि बाहिर जानेको निगरानीका लागि सादा पोसाकमा सुरक्षाकर्मीले निगरानी बढाएका छन्। भारतसँगको सीमावर्ती क्षेत्रमा सेना र सशस्त्रले संयुक्त गस्ती गरिरहेका छन्। साना हतियार ओसारपसार हुने सम्भावनाका कारण कुकुरसहितको गस्तीलाई नियमित अनि आकस्मिक बनाइएको स्थानीय प्रशासनले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्