एच आइभी एड्स कम गर्न सबै लाग्नु पर्ने

<span class='c1'>एच आइभी एड्स कम</span> <span class='c2'>गर्न सबै लाग्नु पर्ने</span>

विराटनगर, १५ मंसिर र विश्व एचआईभी एड्स दिवसको अवसर पारेर मोरङ सञ्जालले विराटनगरमा आज आयोजना गरेको कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिका मेयर भिम पराजुलीले सामाजिक अभियानको कारणले गर्दा एचआईभी संक्रमित समाजमा घुलमिल हुने अवस्था सृजना भएको बताए ।

एचआइभी नियन्त्रण गर्न महानगरपालिका मात्र सम्भव नहुने भएकाले सबैको साथ सहयोगको आवश्य रहेको उनले बताए । ‘लागूऔषध दुव्र्येसेनीको संख्या बढ्दो छ,’ उनले भने, ‘यसलाई लिमिटेन्न पार्न महानगरपालिका लागि पर्छ ।’

कार्यक्रममा कोशी अञ्चल अस्पताल विराटनगरका प्रमुख डा.रोशन पोखरेलले नियमित रुपमा औषधी सेवनले एचआइभी संक्रमितको आयु बढने भएकाले नियमित औषधि सेवन गर्न सुझाब दिए । कार्यक्रममा जनस्वास्थ्य कार्यालय मोरङ प्रमुख चन्द्रदेव मेहता, एबीसि नेपालकी विष्णु शर्मा, स्पर्श नेपालका अध्यक्ष सन्जिव खड्कालगायले सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गरे एचआइभी संक्रिमत न्यूनिकरणमा आउने बताए ।

मोरङमा एचआईभीको क्षेत्रमा एक दर्जन बढी विभिन्न संघसस्था सक्रिय रुपमा लागी परेर सचेतना फैलाएको कारणले एचआइभी संक्रमति घेटको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका चन्द्रदेव मेहताले बताए । कार्यालको अनुसार मोरङमा हालसम्म १ हजार ४ सय ५० जना एचआईभी संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्