हेलो सरकारको कल सेन्टर शुरु, सर्वसाधारणको गुनासो सुनवाई हुने

<span class='c1'>हेलो सरकारको कल सेन्टर शुरु,</span> <span class='c2'>सर्वसाधारणको गुनासो सुनवाई हुने</span>

काठमाडौँ, पुस ३। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको हेलो सरकारले कल सेन्टर शुरु गरेको छ ।यही मंसिर २८ गतेदेखि सर्वसाधारणका गुनासोलाई व्यवस्थित तरिकाले सम्बोधन गर्न कल सेन्टर शुरु गरिएको हेलो सरकारका अधिकृत रामचन्द्र कोइरालाले जानकारी दिनुभयो ।

हेलो सरकारले कागजविहीन बनाई र तत्काल सर्वसाधारणको गुनासो सम्बन्धित निकायमा पु¥याई सम्बोधन गर्नका लागि कल सेन्टर शुरु गरिएको उहाँले बताउनुभयो ।सर्वसाधारणले ११११ मा फोन डायल गरी कलसेन्टरमार्फत गुनासो राख्ने छन् । यसरी राखिएका गुनासोलाई तुरुन्तै त्यहाँका कर्मचारीले कम्प्युटरमा टाइप गरी सम्बन्धित निकायमा गुनासो पु¥याउने छन् ।

कल सेन्टरमा राखेको गुनासो रेकर्डसमेत गरिने व्यवस्था रहेको छ । कल सेन्टर शुरु भएपछि जो कोहीले पनि जिस्किएर हेलो सरकारको ११११ नम्बरमा फोन नगर्ने कर्मचारी रुपक अर्यालले बताउनुभयो ।“पहिले जसले पनि ११११ मा फोन गरेर जिस्काउने गरेका थिए”, उहाँले भन्नुभयो, “तर अहिले उक्त नम्बरमा फोन गरेपछि नेपाली र अंग्रेजी भाषा छनोट गर्ने भनेपछि धेरैले फोन नगर्ने गरेका पाइएको छ ।”

अहिले तीनवटा ठाउँबाट कल सेन्टर शुरु गरिएको छ । बिहान ७ देखि साँझ ९ बजेसम्म प्रत्येक दिन कल सेन्टरबाट कर्मचारीले गुनासो लिने गरेका छन् ।विसं २०६८ कात्तिक १७ गतेबाट शुरु गरिएको हेलो सरकारमा अहिले इमेल, फेसबुक र ट्वीटरबाट पनि गुनासो लिने गरिएको छ ।शाखा अधिकृत कोइरालाका अनुसार अहिले दैनिक १५ वटासम्म कल सेन्टरमा गुनासो आउने गरेको जानकारी दिनुभयो ।  (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्