‘डीभी परेर अमेरिका आउने आप्रवासीहरु रद्दीको टोकरीबाट निकालिएका मान्छे हुन्’ – ट्रम्प

<span class='c1'>‘डीभी परेर अमेरिका आउने आप्रवासीहरु रद्दीको</span> <span class='c2'>टोकरीबाट निकालिएका मान्छे हुन्’ – ट्रम्प</span>

एजेन्सी । सुरुदेखि नै डीभी भिसाप्रति आक्रामक रहँदै आएका अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै एफबीआई एकेडेमीको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै भने, ‘तपाईंलाई लाग्छ, डीभी परेर आएका मानिसहरु ती देशका उत्तम मानिसहरु हुन् ? होइन, उनीहरुले रद्दीको टोकरीमा मिल्काएकाहरु डीभी परेर अमेरिका आएका छन् ।’ त्यसोत ट्रम्पले डीभी परेर अमेरिका आउने आप्रवासीहरु खराबभन्दा खराब मानिसहरु रहेको र उनीहरु रद्दीको टोकरीबाट निकालिएका मान्छे भएको बताएका हुन् ।

न्यूयोर्कमा आतंकवादी आक्रमणमा संलग्न मानिस डीभी परेर अमेरिकामा भित्रिएका मानिस भएको खुलासा भएपश्चात ट्रम्पले चिठा पारेर संसारबाट मानिसहरु अमेरिका भित्र्याउने सिस्टमको विरोध गर्दै यसलाई तत्कालै बन्द गर्नुपर्ने बताउँदै आएका छन् ।

‘यो कस्तो खालको सिस्टम हो ? उनीहरु चिठ्ठा पारेर हाम्रो देशमा आउँछन् । उनीहरुले खराबभन्दा खराब मानिसहरु दिएका छन् ।’वासिङ्टन पोष्टमा छापिएको समाचारमा ट्रम्पले भनेका हुन्,

अमेरिकाले हरेक वर्ष करिव ५० हजार आप्रवासीलाई डीभी चिठ्ठामार्फत् अमेरिका भित्राउँदै आएको छ । डीभी चिठ्ठा कार्यक्रम सुरु भएयता करिव ५५ हजार नेपाली यो कार्यक्रममार्फत् अमेरिका पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्