यस वर्षको एसईई परीक्षा आगामी चैत ८ गतेदेखि सुरु हुने

<span class='c1'>यस वर्षको एसईई परीक्षा आगामी</span> <span class='c2'>चैत ८ गतेदेखि सुरु हुने</span>

काठमाडौं । यस वर्षको एसईई परीक्षा आगामी चैत ८ गतेदेखि सुरु हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार परीक्षा चैत २० गते सकिनेछ ।
बुधबार बसेको बोर्ड बैठकले परीक्षाको मिति तय गरेको बताउँदै उनले अन्तिम शनिबार बिदाको दिन पनि परीक्षा लिइने जानकारी दिए । यस वर्ष इक्जाम्टेडतर्फका विद्यार्थीलाई पुरानै कोर्सअनुसार परीक्षा लिइनेछ भने रेगुलरलाई नयाँ कोर्सअनुसार परीक्षा लिइनेछ ।

नियन्त्रक रेग्मीका अनुसार चैत ८ गते बिहीबार अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ । चैत ९ गते शुक्रबार अनिवार्य नेपालीको परीक्षा हुन्छ । १० गते शनिबार र ११ गते चैते दशैं परेकोले यी दुई दिन बिदा हुनेछ ।

चैत १२ गते अनिवार्य गणित, १३ गते अनिवार्य विज्ञान र १४ गते प्राविधिकतर्फको परीक्षा हुने भएको छ । यसैगरी १५ गते स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, चैत १६ गते ऐच्छिक प्रथमका सबै विषय, चैत १७ गते शनिबार साधारण तथा संस्कृततर्फ ऐच्छिक द्वितीयका विषयहरु, वेदविद्याश्रम तर्फ कर्मकाण्ड वा फलित ज्योतिष, प्राविधिकतर्फ भेजिटेवल एण्ड मेडिसिनल प्लाण्ट प्रोडक्सन, डेरी, इलेक्ट्रिकल इनर्जी, डाटावेस म्यानेजमेण्ट सिस्टम, म्युजिक टेक्नोलोजीको परीक्षा हुने पनिकाले जनाएको छ ।

चैत १८, १९ र २० गते प्राविधिक विषयतर्फको परीक्षा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्