विराटनगर वारियर्सको इपीएलमा लगातार चौथो जित , आज भैरहवालाई ३५ रनले हरायो

<span class='c1'>विराटनगर वारियर्सको इपीएलमा लगातार चौथो जित</span> <span class='c2'>, आज भैरहवालाई ३५ रनले हरायो</span>

बिराटनगर पुस ८ , टीभिएस एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सले भैरहवा ग्लाडियटर्सलाई  ३५ रनले पराजित गरेको छ। अंशुमान रथको अर्धशतक मद्दतमा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४९ रनको योगफल तयार पारेको थियो  ।

विराटनगरका लागि अंशुमन रथले सर्वाधिक ५७ रनको अर्धशतक बनाए ।  बिराटनगरले दिएको १५० रनको विजय लक्ष्य लिएर मैदान उत्रिएको भैरहवाले १८.३ ओभरमा अल आउट हुदै ११४ रन मात्र जोड्न सफल भयो ।

भैरहवाको इनिंगमा प्रदिप ऐरी र हरिशंकर साहले समान १८-१८ रन बनाउन बाहेक अन्य ब्याट्समेनले खुलेर खेल्न सकेनन्। बिराटनगरका लागि अभिनास कर्णले ४ विकेट , बसन्त रेग्मीले ३ विकेट , कारण केसी, पारस खड्का र शहन अदीशाले पनि समान १-१ विकेट लिएका थिए । अभिनाश कर्ण खेलको म्यान अफ दि म्याच चुनिएका थिए। आजको दोस्रो खेलमा अहिले चितवन टाईगर्स र ललितपुर प्याट्रीयट्स भिड्दै छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्