महेन्द्रनगरमा विराट सत्संग समारोह हुने

<span class='c1'>महेन्द्रनगरमा विराट सत्संग</span> <span class='c2'>समारोह हुने</span>

कञ्चनपुर, पुस ९ गते । नेपाल मानव धर्म सेवा समितिको आयोजनामा माघ ५ र ६ गते कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा रहेको खुल्ला मञ्चमा विराट सत्संग समारोह हुने भएको छ ।

समाजमा आध्यामिक जागरण विस्तार गर्दै आत्म ज्ञानको प्रचारप्रसार गर्ने, मानव धर्म वैदिक सनातनदेखि चलिआएको अनेक धर्मको सार तत्वबारे जानकारी गराउने, धार्मिक एकता र एकरुपताका लागि भूमिका निर्वाह गर्ने आत्मज्ञानको प्रचारप्रसार गर्ने उद्देश्यका साथ सत्संग कार्यक्रम शुरु हुने भएको हो ।
त्यसको लागि नेपाल मानव धर्म सेवा समितिले सरसफाइ तथा मञ्च व्यवस्थापन तथा आगन्तुकको बस्ने तथा खानपिनको व्यवस्था गर्न शुरु गरिसकेको छ ।
कार्यक्रमलाई भारतका धर्म प्रचारक तथा धर्म गुरु सतपाल जी महाराजले सम्बोधन गर्नु हुनेछ । सतपाल जी महाराजले सम्बोधन गर्ने भएपछि भारत र नेपाल गरी करिब ६० हजारको हाराहारीमा भक्तजन, श्रद्धालु आउने अनुमान गरिएको छ ।
त्यसैअनुरुप सुरक्षालगायत आगन्तुक पाहुनाको स्वागत, सत्कारको लागि सेवा समितिले केन्द्र प्रमुख महात्मा चमेली वाइजीको मूल संयोजकमा ५७ सदस्यीय मूल समारोह समिति गठन गरेको छ ।
यस्तो कार्यक्रमलाई सफलरुपमा सफल पार्न सके यसक्षेत्रको धार्मिकस्थलका बारेमा जानकारीे गराउनुका साथै पर्यटन प्रवद्र्धनमा ठुलो सघाउ पुग्ने महाकाली अञ्चल आश्रमका अध्यक्ष गणेशप्रसाद भट्टले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्