सामुदायिक विद्यालयमा पठनपाठन सुधारमा जोड

<span class='c1'>सामुदायिक विद्यालयमा पठनपाठन</span> <span class='c2'>सुधारमा जोड</span>

काठमाडौँ, पुस ९ गते । राज्यको ठूलो लगानी रहेको सामुदायिक विद्यालयमा विद्यार्थीलाई आकर्षण बढाउने हिसाबले पठनपाठन सञ्चालन गर्नुपर्नेमा शिक्षा क्षेत्रका सम्बद्ध व्यक्तिहरूले जोड दिनुभएको छ । यसका लागि अभिभावक जागरण अभियान सञ्चालन गर्नुपर्ने र कक्षा कोठाको सिकाइ उपलब्धिसमेत प्रभावकारी हुनुपर्नेमा वक्ताको भनाइ छ । तनहुँको भानु नगरपालिका–१२ स्थित सरस्वती मन्दिर माध्यमिक विद्यालय घलेछापको ५८औँ वार्षिकोत्सव तथा अभिभावक भेलामा सहभागी वक्ताहरूले सो कुरा बताउनुभएको हो । कार्यक्रममा प्रमुख अतिथि शिक्षासेवी श्यामराज पण्डितले आफू अध्ययन गरेको विद्यालयमा सहयोग गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै समुदायको पहिचानका रूपमा रहेको सामुदायिक विद्यालयको सुदृढीकरणको अभियानमा सबैले हातेमालो गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

विद्यालयमा विद्यार्थी भर्नादर बढाइनुपर्ने र सामुदायिक विद्यालयमा पनि गुणस्तरीय शिक्षा सम्भव छ भन्ने कुराको पुष्टि विद्यालयबाट गर्नुपर्ने खाँचो उहाँले औँल्याउनुभयो । यस अवस्थामा विद्यालयमा विद्यार्थीको आकर्षण बढ्ने उहाँको भनाइ थियो । अन्य जिल्लाका सामुदायिक विद्यालयका सफलताका कुरालाई पनि सिको गरेर अगाडि बढाउन सकिने उहाँले बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक महेश अधिकारीका अनुसार नेपाल हिलफे वाइलिङरिच जर्मनको सहयोगमा विद्यालयमा आठकोठे पक्की भवनको निर्माण कार्य चलिरहेको छ । उक्त संस्थाले सामुदायिक विद्यायको भवन निर्माणका लागि एक करोड सात लाख रुपियाँ सहयोग गरेको छ । यस भवनको पूर्णतापछि कक्षा कोठाको अभाव केही हदसम्म समाधान हुने प्रअ अधिकारी बताउनुहुन्छ ।
आगामी दिनमा विद्यालयमा कम्युटर कक्ष, प्रयोगात्मक कक्षा र कार्यालयका लागि थप भवन आवश्यक पर्ने र त्यस विषयलाई समेटेर विद्यालयको बृहत्तर गुरुयोजना बनाउने तयारी भइरहेको जानकारी विद्यालयले दिएको छ ।
विद्यालयमा हाल १९० जना विद्यार्थी अध्ययनरत छन् । सबै तहमा गरी शिक्षकको सङ्ख्या २१ जना छ । विद्यार्थीको अनुपातमा शिक्षक कम नभएको र अब आफ्नो ध्यान विद्यार्थी सङ्ख्या बढाउँदै स्थानीय तहमा नै गुणस्तरीय शिक्षा दिनु रहेको प्रअ अधिकारी बताउनुहुन्छ ।
विद्यालय वरपरका सबै बालबालिका विद्यालय आउने भएकाले बाहिरका विद्यालयमा अध्ययनका लागि जाने विद्यार्थीलाई उक्त विद्यालयमा नै अध्ययन गर्ने वातावरण बनाउनु नै आफूहरूका लागि मुख्य चुनौती भएको उहाँले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिरञ्जीवी ढकालले विद्यालयको सुधारमा आफूहरू प्रयत्नशील रहेको बताउनुभयो । त्यस अवसरमा विभिन्न विधामा उत्कृष्ट स्थान ल्याउन सफल विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्