भोजपुरमा चिया खेतीका लागि माटो परीक्षण शिविर

<span class='c1'>भोजपुरमा चिया खेतीका लागि</span> <span class='c2'>माटो परीक्षण शिविर</span>

भोजपुर, रासस । भोजपुर जिल्लामा चियाखेतीका लागि निःशुल्क माटो परीक्षण शिविर सन्चालन भइरहेको छ । भोजपुरका धेरै ठाउँमा चियाखेतीको प्रशस्त सम्भावना रहेको भएपनि माटोको परीक्षण नहुँदा किसानले खेती गर्न समस्या परेकाले सहज तरिकाले खेती गर्न माटोको परीक्षण शुरु गरिएको हो ।

सोमबारदेखि माटो परीक्षण गर्न थालिएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । यसका लागि भोजपुर जिल्लाका किसानले नमुना माटो ल्याएर भोजपुर सदरमुकामको जिल्ला सहकारी संघमा दर्ता गर्न सक्ने आयोजकले जनाएका छन् ।

किसानलाई विभिन्न सञ्चारमाध्यमबाट पनि यसबारे सूचना गरिएको बताउँदै आयोजकले सबैलाई आफ्नो माटो परीक्षण गराउन आग्रहसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्