रिसको झोंकमा आफ्नै पतिको हातका औंला काटी पोलेर खाइन श्रीमतीले

<span class='c1'>रिसको झोंकमा आफ्नै पतिको हातका</span> <span class='c2'>औंला काटी पोलेर खाइन श्रीमतीले</span>

१३ पुस, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ भम्के बस्ने ६४ वर्षिय रिसमी महताराले श्रीमानको हातका औंला काटी पोलेर खाएको अभियोगमा पक्राउ परेकी छिन् ।

बुधबार राती मदिरा सेवन गरी घर आएका श्रीमान चन्द्रबहादुरको दायाँ हातका चार वटा औंला काटी पोलेर खाएको उजुरी परेपछि तुलसीपुर प्रहरीले उक्त महीलालाई पक्राउ गरेको हो ।

चन्द्रबहादुरलाई बिहीबार बिहान उपचारका लागि तुलसीपुर ल्याएपछि घटना सार्वजनिक भएको हो । राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार हुन नसकेपछि थप उपचारको लागि चन्द्रबहादुरलाई नेपालगञ्जतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

बुधबार राती मदिरा सेवन गरी घर आएका श्रीमानलाई रिसको झोंकमा घरेलु हतियारले औंला काटि पोलेर खाएको वयान उनले प्रहरीलाई दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्