विराट र अनुष्का भारतीय क्रिकेट टोलीका साथ साउथ अफ्रिका भ्रमणमा

विराट र अनुष्का भारतीय क्रिकेट टोलीका साथ साउथ अफ्रिका भ्रमणमा

अचानक विवाह गरेर आ–आफ्ना समर्थकहरुलाई ‘सरप्राइज’ दिएका क्रिकेटर विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माले साउथ अफ्रिका लागेका छन् । विराट र अनुष्का भारतीय क्रिकेट टोलीका साथ साउथ अफ्रिका लागेका हुन् । जनवरी पहिलो साता अनुष्का स्वदेश फर्किनेछिन् भने विराट ६ जनवरीबाट साउथ अफ्रिकासँगको सीरिजमा व्यस्त हुनेछन् । विराट कोहलीले भने, “मेरा लागि अहिले विवाह नै क्रिकेटभन्दा बढी महत्वपूर्ण थियो । त्यसैले श्रीलंकासँगको सीरिज खोल्न नपाए पनि साउथ अफ्रिकासँगको सीरिजका लागि तयार छु ।’’

वर्षौंदेखिको अफेयरपछि विराट र अनुष्का वैवाहिक बन्धनमा बाधिँएपछि उनीहरुका समर्थक अत्यन्तै खुशी छन् । अनुष्का शर्मा छिट्टै शाहरुख खानका साथ फिल्म छायांकन गर्ने भएकी छिन् । त्यस पछि उनले वरुण धवनका साथ ‘सुई और धागा’ को छायांकनमा व्यस्त हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्