यौन शक्ति बढाउने भन्दै औषधि विक्री गर्ने १६ जना पक्राउ

<span class='c1'>यौन शक्ति बढाउने भन्दै औषधि</span> <span class='c2'>विक्री गर्ने १६ जना पक्राउ</span>

काठमाडौं । नेपाल प्रहरीले अवैध रूपमा यौन शक्तिवर्द्धक बस्तु भन्दै विक्री गर्ने १६ जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ।

प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजको प्रहरी टोलीले शुक्रबार उनीहरुलाई पक्राउ गरेको हो।

विभिन्न दैनिक तथा साप्ताहिक पत्रिकामा यौनशक्ति, सुपर यौन, यौन सन्तुष्टी जस्ता विज्ञापन प्रकाशित गरी उनीहरुले आफ्नो व्यवयास सञ्चालन गर्दै आएका थिए।

‘उपत्यका आसपासका ईलाकाहरुमा केहीले कम्पनी समेत दर्ता नगरी तथा दर्ता भएका कम्पनीहरुले समेत सर्वसाधारणमा भ्रम सिर्जना गरी झुक्याई ठगी गरेको सूचना प्राप्त भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो,’ प्रहरी बुलेटिनमा भनिएको छ। उनीहरुका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्