राष्ट्रियसभा सदस्य निर्वाचन माघ २५ मा गर्ने तयारी

<span class='c1'>राष्ट्रियसभा सदस्य निर्वाचन माघ</span> <span class='c2'>२५ मा गर्ने तयारी</span>

काठमाडौँ,  पुस १९ गते । राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ २५ गते बिहीबार गर्ने तयारी भएको छ । निर्वाचन आयोगको परामर्शअनुसार सरकारले माघ २५ गतेका लागि तय गर्ने जानकारी दिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले राष्ट्रियसभा सदस्य निर्वाचनको मिति आगामी २०७४ माघ २५ गते बिहीबार हुने गरी मिति घोषणा गर्न उपयुक्त हुने परामर्श दिनुभएको थियो ।

भेटमा प्रधानमन्त्री देउवाले निर्वाचन आयोगको परामर्शअनुसार नै आगामी मन्त्रिपरिषद्को बैठकबाट २०७४ माघ २५ गते बिहीबार राष्ट्रियसभा सदस्यको निर्वाचनको मिति घोषणा हुने जानकारी दिनुभएको आयोगका सहसचिव एवं प्रवक्ता दिनेशकुमार घिमिरेले बताउनुभयो ।
भेटमा प्रधानमन्त्री देउवाले प्रदेशसभा प्रमुखको पनि नियुक्ति प्रक्रिया सुरु गरिने जानकारी आयोगलाई दिनुभएको थियो । प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीबाट विजयी हुने सदस्यहरूको विवरण प्रदेश प्रमुखलाई बुझाउने कानुनी व्यवस्था रहेकोतर्फ आयोगले सरकारको ध्यानाकर्षण गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्