विराटनगरमा चक्रपथ निर्माण कार्य दुई दशक बितिसक्दा पनि अधुरै

<span class='c1'>विराटनगरमा चक्रपथ निर्माण कार्य दुई</span> <span class='c2'>दशक बितिसक्दा पनि अधुरै</span>

विराटनगर । विराटनगरमा बाहिरी चक्रपथ निर्माणको योजना अगाडि सारिएको दुई दशक बितिसक्दा पनि निर्माणकार्य अधुरै रहेको छ । योजना अनुसार ४२ किलोमिटरको सडक निर्माण हुन नसकी अझै अलपत्र परेको हो ।

स्रोतका अनुसार हालसम्म ३५ किमिको मात्र ट्रयाक तयार भएको र सात किमि सडक खनिएकै छैन । सडकको ट्रयाक झोराहाट, दरैया र केशलिया क्षेत्रमा पक्की पुल निर्माण हुन सकेको छैन । झोराहाटका बासिन्दाले मुआब्जा माग गर्दै अदालतमा मुद्दा दायर गरिरहेका छन् । रानीबाट पश्चिमी क्षेत्रमा पनि मुआब्जा विवाद भईरहेको पाइएको छ ।

चक्रपथले पूर्णता नपाउँदा ट्रयाक खुलेको क्षेत्र पनि गौचरन बनेको छ । स्थानीय बासिन्दाले सडकमा उम्रेका घाँस चराउन दिउँसो गाईवस्तु बाँध्छन् । प्रदेश १ को आर्थिक केन्द्र विराटनगरमा सवारी चाप बढ्दो क्रममा छ । त्यसैको व्यवस्थापनका लागि चक्रपथको योजना अगाडि सारिएको हो ।

शहरी विकास तथा भवन निर्माण डिभिजन प्रमुख श्यामकिशोर सिंहका अनुसार रानी पश्चिममा तीन वटा घर र पूरानो सलाई फयाक्ट्रीका साथै प्रादेशिक प्रहरी कार्यालयको पर्खालका कारण सडक स्तरोन्नती रोकिएको छ ।

प्रहरीले पर्खाल भत्काए पनि सलाई फ्याक्ट्रीले अदालतमा मुद्दा दायर गरेकाले काम अगाडि बढाउन नसकिएको सिंह बताउँछन् ।

‘चार वर्षयता पर्याप्त बजेट पनि आएको छैन,’ सिंह भन्छन्, ‘बजेट विनियोजन र कामको गति यही रहने हो भने रिङरोड निर्माण सक्न अझै २० वर्ष लाग्छ ।’

निर्माण सक्न करिब दुई अर्ब रुपैयाँ आवश्यक रहेको उनी बताउँछन् । तर, सरकारले बर्सेनि करिब पाँच करोड रुपैयाँ मात्र दिने गरेको छ ।

आएको बजेट पनि काम हुन नसकेर हरेक वर्ष फिर्ता जाने गरेको छ ।(न्युज २४)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्