दिया मास्के अभिनित नाटक ‘दिल्ली टु दुबइ’ विराटनगरमा मञ्चन भयो

<span class='c1'>दिया मास्के अभिनित नाटक  ‘दिल्ली</span> <span class='c2'>टु दुबइ’ विराटनगरमा  मञ्चन भयो</span>

प्रेम देवान
विराटनगर २० पुष । विराटनगरको आरोहण गुरुकुल शुशिला नाटक घरमा लैंगिक हिंसा एवम चेलीबेटी बेचबिखन न्युनिकरण सम्बन्धी कचहरी नाटक “दिल्ली टु दुबई“ बिहीबार मञ्चन भएको छ ।
बरिष्ठ रंगकर्मी अनुपले निर्देशन गरेको नाटकमा एक्टर्स स्टुडियो काठमाडौका कलाकारहरुले अभिनय गरेका थिए ।
लिनीयस विश्वविद्यालय स्विडेन, काठामाडौ मेडिकल कलेज र एक्टर्स स्टुडियो काठमाडौको सहकार्यमा कचहरी नाटक ‘दिल्ली टु दुबई ’ अहिले मोरङ जिल्लाको विभिन्न १० स्थानमा नाट प्रस्तुत गर्न आएको बेला पहिलो शो अन्र्तगत आरोहण गुरुकुलमा मञ्चन गरिएको हो ।

यसैविच लैंगिक हिंसा तथा चेलिबेटी बेचविखन न्युनिकरणका लागि मोरङमा विगत २ वर्ष देखि जारी अनुसन्धानका क्रममा कचहरी नाटकको माध्यमले चेतना अभिवृद्धि गर्ने उद्देश्य राखेर तेस्रो चरण अन्तर्गत जिल्लाका तत्कालिन १० गाविसमा नाटक देखाईन लागिएको अनुसन्धानकर्ता लिनीयस विश्वबिद्यालयका प्रणव दाहालले जानकारी दिए ।यसअघि २०७३ पौषमा पहिलो चरणमा, २०७४ जेठ महिनामा दोस्रो चरणमा विभिन्न गाबिसमा मञ्चन गरिएको नाटक तेस्रो चरणमा असोज महिनामा सक्नुपर्ने भएपनि बाढिका कारण स्थगित गरिएको थियो । तेस्रो चरणमा भोली पौष २१ गते देखि २९ गते सम्म मोरङ जिल्लाका डाँगिहाट, तेतरिया, याङशिला, झुर्किया, केराबारी, केरौन, बाहुनी सहितका १० गाविसमा नाटक मञ्चन गरिने निर्देशक अनुप बरालले आवर विराटनगरलाई जनाकारी दिए । नाटकमा नायिका दिया मास्के, सुरज मल्ल, बिनिता थापा मगर, प्रेम वर्षा खड्का, अनुज पाण्डे र कमल प्यासी देवकोटाले अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्