विराटनगरमा अवैध छालासहित एक पक्राउ

<span class='c1'>विराटनगरमा अवैध छालासहित</span> <span class='c2'>एक पक्राउ</span>

"सिमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण गर्ने अभियान” अन्तर्गत रानी प्रहरीले बुधबार बिभिन्न जनावरको छाला सहित एक जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले साँझ साढे ७ बजे बिराटनगर महानगरपालिका भन्सार एरियाबाट पक्राउ गरेको हो।

भारतबाट तस्करी गरी बी. आर ३८ एन ६५९७ नम्बरको मोटरसाईकलमा लोड गरेर ल्याउँदै गरेको अबस्थामा अन्दाजी १ लाख ५ हजार मुल्य बराबरको छाला फेला पारेको थियो।

छालासहित मोटरसाईकल चालक बिराटनगर महानगरपालिका १५ बस्ने मोहमद मुन्नालाई पक्राउ गरी आवश्यक अनुसन्धान पश्चात बिराटनगर भन्सार कार्यालय रानीमा बुझाईएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्