भारतकाे गंगा र यमुना नदिका नहरका कारण नेपालकाे तराइमा कुहिराे

<span class='c1'>भारतकाे गंगा र यमुना नदिका</span> <span class='c2'>नहरका कारण नेपालकाे तराइमा कुहिराे</span>

नेपालको तराईका विभिन्न क्षेत्रसहित भारतका पञ्जाव, बिहार, पश्चिम बंगाल, मेघालय र आसाम, बङ्गलादेश तथा पाकिस्तानको आकाशमा देखिएको कुहिरो भारतको यमुना र गंगा नदी आसपासमा बनाइएका नहरका कारण भएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

“यी नदीहरुमा बनाइएको नहरका कारण कुहिरो बढेको हो,” महाशाखाका मौषविद समिर श्रेष्ठले बाह्रखरीसँग भने, “नहरबाट निस्किएको जलवाष्पका कारण कुहिरो बढेको हो ।”

पश्चिमी वायुको चाप कम भएकाले कुहिरोको मात्रा बढेको र पश्चिमी वायु बढेपछि कुहिरोको मात्रा घट्ने श्रेष्ठले बताए । सम्बन्धित देशको अन्तर्राष्ट्रिय उडानलाई कुहिरोले केही प्रभाव पार्ने भए पनि नेपालको अन्तर्राष्ट्रिय र आन्तरिक उडान कुहिरोका कारण प्रभावित नहुने श्रेष्ठले बताए ।

“तर, सिजनेवल हुस्सु र बदलावका कारण आन्तरिक उडानमा केही प्रभाव परिरहेको छ,” उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्