विराटनगरमा मुडुलाकार्की कुलायन समाजको ८० लाखमा सामुदायिक भवन निर्माण

<span class='c1'>विराटनगरमा मुडुलाकार्की कुलायन समाजको ८०</span> <span class='c2'>लाखमा सामुदायिक भवन निर्माण</span>

विराटनगरको जामुनगाछीमा मुडुलाकार्की कुलायन समाजले सुबिधा सम्पन्न सामु्दायिक भवन निर्माण गरेकोछ । आज एक कार्यक्रमको आयोजना गरी भवनको सर्बोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले भवनको उद्घाटन गर्नु भएकोहो । अत्याधुनिक भवन निर्माणको लागि २ बर्ष लागेको निर्माण समितिका संयोजक रेवत बहादुर कार्कीले जानकारी दिनुभयो । जामुनगाछी नजिकै रहेको उक्त भवन निर्माण गर्नको लागि समाजमा आबद्ध कार्की बंशिय सदस्यहरुले २ कठ्ठा एक धुर जग्गा प्राप्त गरेपछि भवन निर्माणको काम शुरु भएको थियो ।

७९ लाख ९९ हजार एक सय २५ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको भवन निर्माणको लागि विराटनगर १३ निवासी ईन्द्र बहादुर कार्की र गिता कार्कीले एक तलो भवन बनाउने बाचा अनुसार निर्माण गर्न सहयोग गर्नु भएको निर्माण समितिका संयोजक रेवत कार्कीको भनाई छ ।

भवन निर्माण पश्चात विराटनगर महानगरपालिका वडा नम्बर २ देखि ६ सम्मका वासिन्दा लाभिान्वीत हुने बताईएको छ । निर्माण सम्पन्न भएको सामुदायिक भवनमा विवाह, ब्रतबन्ध, बिभिन्न सार्बजनिक समारोह, धार्मिक तथा सांस्कृतीक कार्यक्रम जो कोहीले गर्न सक्ने समाजका अध्यक्ष गोबिन्दमान सिंह कार्कीले बताउनुभयो । सोही अवसरमा समाजले ८० बर्ष पुगेका १४ जना जेष्ठ नागरिकलाई समेत दोसल्ला ओढाएर सम्मान गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्